Kathmandu Press

बैंकका सीईओलाई पक्राउ गर्न माग

विराटनगर, पुस १३: सप्तकोशी डेभपलमेन्ट बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० नवीन सुवेदीलाई पक्राउ गरी छानबिन...
बैंकका सीईओलाई पक्राउ गर्न माग

विराटनगर, पुस १३: सप्तकोशी डेभपलमेन्ट बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन्।

हिमालका बुबा अमृतप्रसाद र भाइ मनोज भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको दाबी गरेका छन्।

बैंकमा करिब १६ करोड रूपैयाँ हिनामिना भएको र उक्त रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब १४ करोड रूपैयाँभन्दा बढी कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको जिकिर गरिएको छ।

रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई उक्त रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन्। ‘मेरो छोरा निर्दोष छ‚’ बुवा अमृतले भने‚ ‘परिबन्दमा परेर फसेको हो।’

प्रकाशित मिति: ०७:०३ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्