Kathmandu Press

सशस्त्र प्रहरी महानिरीक्षक कप सुरु

काठमाडौं, पुस १२ : सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप, २०७८’ सुरु भएको छ ।प्रतियोगितामा फुटबल, भलिबल र...
सशस्त्र प्रहरी महानिरीक्षक कप सुरु

काठमाडौं, पुस १२ : सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप, २०७८’ सुरु भएको छ ।

प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्सका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १८ महिलासहित कूल ३५१ खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका एक/एक टोलीसहित नौ समूह सहभागी छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले फुटबलका राष्ट्रिय रेफ्री मधुकर आचार्यलाई खेलकुद सामग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गरे ।   

प्रकाशित मिति: २०:१९ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्