प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित भवनहरू उद्घाटन
काठमाडौं, पुस १२ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा नवनिर्मित महिला आवास गृह,...काठमाडौं, पुस १२ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा नवनिर्मित महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृह भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने इन्जिनियर तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र वितरण समेत गरिएको छ ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै समाजसेवामा आवद्ध नेपाल प्रहरी संगठनमा आएर नागरिकको हरेक समस्या समाधानको लागि हर हमेसा साथ र सहयोग गर्नुपर्ने बताए ।
साथै उनले भवन निर्माण कार्यमा आ आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद दिए । कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उक्त तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।












