Kathmandu Press

अब कक्षा १ देखि नै लेटर ग्रेडिङ प्रणाली, ६० मिनेटको एक घण्टी

काठमाडौं, पुस १२ : विद्यालय तहमा पनि लेटर ग्रेडिङ प्रणाली लागु हुने भएको छ। यसअघि कक्षा १० (एसइई), ११ र १२ मा मात्रै...
अब कक्षा १ देखि नै लेटर ग्रेडिङ प्रणाली, ६० मिनेटको एक घण्टी

काठमाडौं, पुस १२ : विद्यालय तहमा पनि लेटर ग्रेडिङ प्रणाली लागु हुने भएको छ। यसअघि कक्षा १० (एसइई), ११ र १२ मा मात्रै सो प्रणाली लागु थियो।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘लेटेर ग्रेडिङ निर्देशिका २०७८’ स्वीकृत गरेपछि कक्षा १ देखि १२ सम्म लेटर ग्रेडिङ प्रणाली लागु हुने भएको हो।

निर्देशिकाअनुसार न्यूनतम ३५ प्रतिशत (१.६ जिपिए) अर्थात् विषयगतमा ‘डी’ ग्रेड हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन्। 

विद्यालय स्तरको सिकाइ उपलब्धिको मापन गर्न प्राप्तांक स्तरलाई आठवटा अक्षरगत स्तरमा सूचित गरिएको छ। मूल्यांकन गर्दा सर्वोत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ।

लिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनमत अंक प्राप्त गरे मात्र विद्यार्थीले माथिल्लो कक्षामा जान पाउनेछन्। प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड प्राप्त गरेकै हुनुपर्छ।

निर्देशिकाअनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अंकमा गरिनेछ। दुई विषयसम्म तोकिएको ग्रेड नल्याए तीन वर्षसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।

यसैगरी निर्देशिकाले विद्यालय तहको पाठ्यघण्टाको समयावधि ६० मिनेटको बनाएको छ। यसअघि ४५ मिनेटको एक घन्टी थियो।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्