काठमाडौं उपत्यकामा थप १६५ जनामा कोरोना संक्रमण
काठमाडौं, पुस १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १३२, ललितपुरमा १९ र भक्तपुरमा १४...
काठमाडौं, पुस १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १३२, ललितपुरमा १९ र भक्तपुरमा १४ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकामा १ हजार ९३८ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ८११, ललितपुरमा ६१८ र भक्तपुरमा ५०९ जना रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १६:३१ बजे, सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












