Kathmandu Press

इँटाभट्टामा कार्यरत मजदुरलाई खोप

काठमाडौं, पुस १२ : गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेसनले इँटाभट्टामा कार्यरत १७३ मजदुरलाई कोरोना खोप प्रदान गरेको छ।फाउन्डेसनले बिडब्लुआई (बिल्डिङ वर्कस युनियन) को सहकार्यमा भक्तपुरको...
इँटाभट्टामा कार्यरत मजदुरलाई खोप

काठमाडौं, पुस १२ : गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेसनले इँटाभट्टामा कार्यरत १७३ मजदुरलाई कोरोना खोप प्रदान गरेको छ।

फाउन्डेसनले बिडब्लुआई (बिल्डिङ वर्कस युनियन) को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित इँटाभट्टामा कार्यरत मजदुरलाई आज कोरोना खोप प्रदान गरेको हो।

फाउन्डेसनका महासचिव सूर्य नेपालले जनस्वास्थ्य कार्यालय चाँगुनारायणको सहकार्यमा १७३ मजदूरलाई भेरोसेल खोप प्रदान गरिएको जानकारी दिए। खोप लगाएकामध्ये १३९ श्रमिकले पहिलो मात्रा र ३४ श्रमिकले दोस्रो मात्रा खोप लगाएका हुन्।

उक्त इँटाभट्टामा सूदुरपश्चिम क्षेत्रका मजदुर कार्यरत छन्। बिडब्लुआईमा निर्माण तथा सम्बद्ध श्रमिक संघ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदुर युनियन र अखिल नेपाल निर्माण मजदुर संघ आबद्ध छन्।

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्