Kathmandu Press

युट्युबमा अश्लीलता झल्कने सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, पुस १२ युट्युब च्यानलमार्फत अश्लीलता झल्कने सामग्री प्रसारण गरेको आरोपमा एकजना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले युट्युब च्यानल साथीभाइ अनलाइन टिभीका...
युट्युबमा अश्लीलता झल्कने सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, पुस १२ युट्युब च्यानलमार्फत अश्लीलता झल्कने सामग्री प्रसारण गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

नेपाल प्रहरीको साइबर ब्युरोले युट्युब च्यानल साथीभाइ अनलाइन टिभीका सञ्चालक रामबहादुर मल्ललाई आइतबार पक्राउ गरेको हो।

बाग्लुङको निसीखोला गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय मल्ललाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रवक्ता वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

आफ्नो च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने किसिमका भिडियोहरू बनाएर राखी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको वरिष्ठ उपरीक्षक अर्यालले जनाएका छन्।

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्