Kathmandu Press

इलामकाे उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम, पुस १२ : इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो। सन्दकपुर गाउँपालिकाको...
इलामकाे उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम, पुस १२ : इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो। 

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ।

Hardik ivf

हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँमा खेल्न गएका छन्। हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ। सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको छ।

हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले जानकारी दिए। उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाजमा पनि समस्या भएको उनको भनाइ थियो। 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, पुस १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्