Kathmandu Press

फिफा वर्ष खेलाडीको अन्तिम सूचीमा मेसी, रोनाल्डो र डाइक

काठमाडौं, भदौ १६ : फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले फिफा वर्ष उत्कृष्ट २०१९ मा अन्तिम सूचीमा पर्न सफल खेलाडीको सूची ....

फिफा वर्ष खेलाडीको अन्तिम सूचीमा मेसी, रोनाल्डो र डाइक

काठमाडौं, भदौ १६ : फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले फिफा वर्ष उत्कृष्ट २०१९ मा अन्तिम सूचीमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको छ। 

फिफाले सोमबार सार्वजनिक गरेको अन्तिम तीन खेलाडीको सूचीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी र नेदरल्याण्ड्सका भर्गिल भान डाइक परेका छन्। 

तीन खेलाडीबीच केही दिन अघिमात्रै घोषणा गरिएको युइएफए वर्ष खेलाडीको अन्तिम तीनको सूचीमा परेका थिए। त्यसबेला युइएफए वर्ष खेलाडीको अवार्ड लिभरपुलका भान डाइकले जितेका थिए।

यसअघि सन् २०१८ को फिफा वर्ष खेलाडीको अवार्ड रियल मड्रिडका क्रोयशिएन खेलाडी लुका मोड्रिचले जितेका थिए। अवार्ड जित्ने क्रममा मोड्रिचले मेसी र रोनाल्डोलाई पछि पारेका थिए। 

शीर्ष दशमा केलियन एम्बाप्पे, म्याथिड्स डि लाइट, ह्यारी केन, इडेन हाजार्ड, साडियो माने, मोहम्मद सलाह र फ्रेन्की डि जोङ परेका थिए।

प्रशिक्षक, राष्ट्रिय टोलीका कप्तान, समर्थक र पत्रकारको भोटका आधारमा फिफा वर्ष खेलाडीको घोषणा गरिन्छ। भोटका लागि जुलाई ३१ देखि अगष्ट १९ सम्मको समयसीमा दिइएको थियो।  
 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, भदौ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्