Kathmandu Press

एटिएम मेसिन फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

विराटनगर, पुस १२ : एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ वर्षीय...
एटिएम मेसिन फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

विराटनगर, पुस १२ : एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ वर्षीय पारस कालिकोटे रहेको प्रहरीले जनाएको छ। कालिकोटेले आइतबार राति साढे ९ बजे विराटनगरको कञ्चनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम फोरेर चोरी गर्न खोजेका थिए।

एटिएम मेसिन फुटाइरहेको सूचना प्राप्त हुनासाथ खटिएको मोरङ प्रहरीको टोली कालिकोटेलाई पक्राउ गरेको थियो। घटनाबारे आवश्यक अनुुसँधान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्