Kathmandu Press

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं, पुस १२ : काठमाडौंको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Hardik ivf

काठमाडौं, पुस १२ : काठमाडौंको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 

कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज (सोमबार) बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, पुस १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्