Kathmandu Press

पोलियो अभियानमा ३२ लाख सङ्कलन

चितवन, पुस १२ : रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा रु ३२ लाख २३...
पोलियो अभियानमा ३२ लाख सङ्कलन

चितवन, पुस १२ : रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा रु ३२ लाख २३ हजार आर्थिक सङ्कलन गरेको छ। कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए। सो अवसरमा सहभागी रोटरियनहरुले पोलियोमुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।

विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ । रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४  क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। 

Hardik ivf

सो अवसरमा डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, पूर्वडिष्ट्रिक्ट गभर्नर रवीन्द्रकुमार पिया, सञ्जय गिरी, किरणलाल श्रेष्ठ, जोन २९ का असिस्टेन गभर्नर तथा पोलियोका सल्लाहाकार शरदगोपाल न्याछ्योलगायतले पोलियो नियन्त्रण अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिएक थिए। 

कार्यक्रममा जोन ३० का असिस्टेन गभर्नर नारायण प्रधान, ३१ का असिस्टेन गभर्नर ज्ञानकृष्ण प्रजापती, डिस्ट्रिक्ट पोलियो चेयर सीता रुपाखेती, जोन २ का असिस्टेन गभर्नर भरतकुमार श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक पोख्रेलले २० हजार डलर आर्थिक सहयोग सङ्कलन गर्ने लक्ष्य राखिएको भए पनि २६ हजार ४२६ अमेरिकी डलरअर्थात् रु ३२ लाखभन्दा बढी सङ्कलन भएको बताए। रोटरी क्लब अफ रत्ननगरका पूर्वअध्यक्षसमेत रहेका पोख्रेलले अहिले पनि पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिएकाले विश्वबाटै उन्मूलनका लागि सबै रोटरियन यो अभियानमा जुटेको बताए। 

सन् १९८२ बाट रोटरियनले पोलियो उन्मूलनका लागि काम गरिरहेका रिजन ६ का ट्रेनिङ कमिटी चेयर निरञ्जन प्रधानले बताए।

प्रकाशित मिति: १०:३० बजे, सोमबार, पुस १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्