भीमफेदीको खहरे खोलामा झोलुङ्गे पुल
बागमती, पुस १२ : मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ ।५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका...बागमती, पुस १२ : मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ ।५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गरे।
सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ। एक सय १४ मिटर लम्बाइको पुल छ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ।
प्रकाशित मिति: १०:२५ बजे, सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












