Kathmandu Press

पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं, पुस १२ : पश्चिमी वायुको प्रभावले आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम...
पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं, पुस १२ : पश्चिमी वायुको प्रभावले आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। दिउसो पनि पहाडी क्षेत्रमा हल्का र तराई क्षेत्रमा छिटफुट वर्षाको सम्भावना छ।

आज राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

पहाडी र उच्च हिमाली क्षेत्रमा हिमपात हुने भएकाले देशभर चिसो बढ्नसक्ने महाशाखाको आकलन छ। चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्