Kathmandu Press

एक महिनामा डेढ करोडको अवैध सामग्री बरामद

वीरगञ्ज, पुस १२ : जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरेको छ।बरामद...
एक महिनामा डेढ करोडको अवैध सामग्री बरामद

वीरगञ्ज, पुस १२ : जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरेको छ।

बरामद गरेको सामान भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ। प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो।

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले गत मंसिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए।

त्यसयता एक करोड १३ लाख ७० हजार ९३७ र यही पुस महिनाको १० गतेसम्म ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ।

यहि अवधिमा स्रोत नखुलेको १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। सात फरार प्रतिवादीबाट जरिवानास्वरुप एक  लाख ७५ हजार ५९९ सङ्कलन गरिएको छ। (रासस)

प्रकाशित मिति: ०८:१५ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्