Kathmandu Press

एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ६० रनले पराजित

एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ६० रनले पराजित

काठमाडौं, पुस ११ : युएईमा जारी यू १९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको छ । श्रीलंकाले दिएको ३ सय २३ रनको उच्च लक्ष्य पछ्याएको नेपाल २ सय ६२ रनमा समेटियोएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो। श्रीलंकालाई उच्च योगफलमा बटुल्ने क्रममा सदेक्षा राजपाक्षले १ सय १९ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय ३१ तथा ओपनर चामेन्दु विकारासिंगेले १ सय २६ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय ११ रनको शतकीय इनिङ खेले।

३ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल ४७ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय ६२ रनमा समेटियो। नेपालका लागि अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले।

त्यस्तै विवेक यादवले ४६ रन बनाए भने सन्तोष कार्कीले ३४ रन तथा कप्तान डेव खनालले २८ रन बनाएका थिए।
 

प्रकाशित मिति: २०:४३ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्