Kathmandu Press

आगामी निर्वाचनमा एमालेको बहुमत आउने ओलीको दाबी 

काठमाडौं, पुस ११ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा...
आगामी निर्वाचनमा एमालेको बहुमत आउने ओलीको दाबी 

काठमाडौं, पुस ११ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे ।

दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए ।

Hardik ivf

“एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो”, उनले भने, “अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् ।” शनिबार गृह जिल्ला पुगेका अध्यक्ष ओली सोमबारसम्म दमकमा रहने बताइएको छ ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । 
 

प्रकाशित मिति: १९:४३ बजे, आइतबार, पुस ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्