केटिएम ड्यूक मोटरसाइकल ४० भन्दा बढी बुकिङ
काठमाडौं, भदौ १६ : १२५ सीसी इञ्जिन क्षमताको केटिएम ड्यूक मोटरसाइकल पाँच दिनमा ४० वटाभन्दा बढी बुकिङ भएको छ।
काठमाडौंमा भएको नाडा अटो शो....

काठमाडौं, भदौ १६ : १२५ सीसी इञ्जिन क्षमताको केटिएम ड्यूक मोटरसाइकल पाँच दिनमा ४० वटाभन्दा बढी बुकिङ भएको छ।
काठमाडौंमा भएको नाडा अटो शो-२०१९ मा १२५ सीसी इञ्जिन क्षमताको केटिएम ड्यूक मोटरसाइकल ४० वटाभन्दा बढी बुकिङ भएको हङ्सराज हुलासचन्द कम्पनीले जनाएको छ।
१२५ सीसी इन्जिन क्षमता भएको यो मोटरसाइकलको बजार मूल्य ४ लाख ४९ हजार रुपैयाँ छ। मोटरसाइकलको फूल ट्यांकी क्षमता १० लिटर रहेको छ।
हाल केटिएम ड्यूकका १२५ देखि ३९० सीसी इञ्जिन क्षमता भएका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन्। जसको मूल्य ४ देखि ८ लाख रुपैयाँसम्म पर्दछ।
प्रकाशित मिति: १७:१४ बजे, सोमबार, भदौ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
