Kathmandu Press

एसियन सेन्ट्रल जोन भलिबल : नेपाल फाइनलमा

काठमाडाैं, पुस ११ : नेपालको महिला भलिबल टोली बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ढाकामा भएको खेलमा नेपालले...
एसियन सेन्ट्रल जोन भलिबल : नेपाल फाइनलमा

काठमाडाैं, पुस ११ : नेपालको महिला भलिबल टोली बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।  

नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २५–२० अङ्क, दोस्रो सेटमा २५–२३ अङ्कले तथा तेस्रो सेटमा २५–१४ अङ्कले हराएको हो। नेपाल लिग चरणको एक खेल खेल्नु अगावै फाइनलमा प्रवेश गरेको हो। नेपालले लिगको अन्तिम खेल  किर्गिस्तानसँग खेल्ने ढाकामा रहेका नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले जानकारी दिए।

पहिलो खेलमा पराजित भएको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना कायमै छ। उज्वेकिस्तानले सोमबार श्रीलङ्कासँग खेल्नेछ। उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउनेछ। जारी प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले चार खेलबाट ११ अङ्क जोडेको छ। श्रीलङ्का १० अङ्कसहित दोस्रो तथा उज्वेकिस्तान नौ अङ्कका साथ तेस्रो स्थानमा छ। यस्तै किर्गिस्तानको ६ अङ्क छ। बङ्गलादेश र माल्दिभ्स अङ्कबिहीन अवस्थामा छन्।

प्रकाशित मिति: १९:०१ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्