गत आर्थिक वर्षमा भित्रियो झण्डै ९ खर्ब विप्रेषण
काठमाडाैं, भदाै १६ : आर्थिक वर्ष २०७५-०७६ मा झण्डै ९ खर्ब विप्रेषण भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक व....

काठमाडाैं, भदाै १६ : आर्थिक वर्ष २०७५-०७६ मा झण्डै ९ खर्ब विप्रेषण भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह आठ खर्ब ७९ अर्ब २७ करोड रूपैयाँ पुगेको उल्लेख छ।
गत आर्थिक वर्ष २०७५-०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७४-०७५ मा सात खर्ब ५५ अर्ब ६ करोड विप्रेषण भित्रिएको थियो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०.२ प्रशितले बढेको थियो। गत आर्थिक वर्षमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजागारीमा जानेको सङ्ख्या ३२.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या ९.३ प्रतिशतले घटेको थियो।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या ०.६ प्रतिशतले घटेको थियो।
आर्थिक वर्ष २०७५-०७६ मा चालू खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष यस्तो घाटा दुई खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो।
यस्तै, आर्थिक वर्ष २०७५-०७६ मा शोधनान्तरस्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्ष शोधनान्तरस्थिति ९६ करोडले बचतमा रहेको थियो।
आर्थिक वर्ष २०७५-०७६ मा पूँजीगत ‘ट्रान्सफर’ १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब सात करोड रहेको छ। अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रूपैयाँ रहेको थियो।










-1754206481.jpg)
