Kathmandu Press

स्रोत नखुलेको  १६ लाखसहित भारतीय नागरिक पक्राउ

बागमती, पुस ११ : जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  बारा...
स्रोत नखुलेको  १६ लाखसहित भारतीय नागरिक पक्राउ

बागमती, पुस ११ : जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
 
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा– ५ बस्ने ३० वर्षीय रङ्गदेश कुशवाहालाई सो रकमसहित हिजो नियन्त्रणमा लिएको थियो । 

स्रोत नखुलेका नगद अवैधरुपमा नेपालतर्फ ल्याउँदै पक्राउ परेका कुशवाहालाई आज सार्वजनिक गरिएको हो । विआर २२ एन ५०१४ भारतीय नम्बरको मोटरसाइकलमा आएको कुशवाहाले हेलमेट तथा पाइन्टको गोजीमा लुकाएको अवस्थामा निजसँग नगद फेला परेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।
 
निजको साथबाट प्रहरीले एक हजार दरका रु एक हजार ३०० थान र रु ५०० दरका ६०० थान गरी कूल रु १६ लाख फेला परेको र निजमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्