Kathmandu Press

प्रदेश २ काे प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडाैं, पुस ११ : प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय...
प्रदेश २ काे प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडाैं, पुस ११ : प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची रहेको छ। 

प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

Hardik ivf

यस्तै प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेस गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। 

यसअघि गत बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ स्वीकृत गरेको थियो।  

प्रकाशित मिति: १२:०० बजे, आइतबार, पुस ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्