Kathmandu Press

जगदुल्ला जलविद्युतको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा

डोल्पा, पुस ११ : तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ।  स्वदेशी लगानीमा बन्न...
जगदुल्ला जलविद्युतको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा

डोल्पा, पुस ११ : तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ।  

स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटका आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको जनाइएको छ।  टनेलको प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

Hardik ivf

कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको छ। जाजरकोट–डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीबाट जगदुल्ला गाउँपालिका–१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।

आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को कामसमेत सम्पन्न भएको छ। आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको उनले बताए।

आयोजनाको वातावरणीय अध्ययनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरी यसको सार्वजनिक सुनवाइ बाँधस्थल (जगदुल्ला गाउँपलिका–४ माझगाउँ), सुक्खा तटीय क्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र विद्युत्गृहस्थल (मुड्केचुला गाउँपालिका–४ इल) मा यही पुस २, ४ र ६ गते सार्वजानिक सुनुवाइ गरिसकेको छ।

आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन आगामी माघभित्र पेश गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

आयोजनाको विद्युत् उत्पादनगृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुई भवन निर्माण गरिएका छन्। विद्युत् खरिद बिक्री तथा सम्झौताका लागि आवश्यक सहकार्य काम जारी छ। वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:१८ बजे, आइतबार, पुस ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्