Kathmandu Press

देशका केही भूभागमा हिमपातको सम्भावना

काठमाडौं, पुस ११ : पश्चिमी वायुको प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम...
देशका केही भूभागमा हिमपातको सम्भावना

काठमाडौं, पुस ११ : पश्चिमी वायुको प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यससँगै पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना विभागको आकलन छ। आज बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका हिमपात हुनेछ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: ०८:०८ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्