Kathmandu Press

दुर्घटनामा एकको मृत्यु दुई घाइते

झापा, पुस १० : कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटना एक जनाकाे मृत्यु भएको छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका...
दुर्घटनामा एकको मृत्यु दुई घाइते
Hardik ivf

झापा, पुस १० : कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटना एक जनाकाे मृत्यु भएको छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन।

मृत्यु हुनेमा सो पालिका ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन्। दुर्घटनामा घाइते हुनेमा सोही वडाका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी रहेका छन्। घाइते दुवैको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

मे४प ९५०० नम्बर र  डब्जु वी ७४ पी ९७१७ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा दुर्घटना भएको थियो। घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, पुस १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्