Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्जद्वार १०९ वन्यजन्तुको उद्धार

चितवन, पुस १० : चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ। कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ,...
चितवन राष्ट्रिय निकुञ्जद्वार १०९ वन्यजन्तुको उद्धार

चितवन, पुस १० : चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ। कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैंडा, अजिङ्गर, मगर गोही र अन्य छन्।

उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिंगर छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ। चार बाघ, एउटा गैँडा, चार मगर गोही र १२ अन्य जनावर रहेका छन्।

Hardik ivf

यी जनावरलाई निकुञ्ज बाहिर गएर जनतालाई दुःख दिइरहेको अवस्थामा उद्धार गरिएको हो। कतिपयलाई घाइते भएको अवस्थामा समेत उद्धार गरिएको उनले जानकारी दिए।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघले बस्ती पसेर जनतालाई दुःख दिएको र सामुदायिक वनमा घाँस दाउरा गर्न गएका मानिसलाई आक्रमण गरी मानवीय क्षति गरेको अवस्थाबाट उद्धार गरी ल्याइएको हो। उद्धार गरी ल्याइएका बाघलाई निकुञ्जको खोरमा राखिएको उनले बताए। 

यस्तै त्रिवेणी क्षेत्रबाट एक गैंडालाई उद्धार गरी ल्याइएको छ। बर्दघाट–सुस्तापूर्वको त्रिवेणीमा बस्तीमा आएर अन्नबाली नष्ट गर्ने, मानिसलाई लखट्ने, समयसमयमा भारततर्फ जाने गरेका कारण गैंडालाई उद्धार गरी निकुञ्जको पूर्वी क्षेत्र सौराहामा ल्याएर छाडिएको छ। मानिसले प्रतिशोधका कारण मार्नसक्ने देखिएपछि गैंडाको उद्धार गरिएको उहाँले जानकारी दिए।  
    
निकुञ्ज क्षेत्रबाट बस्ती पसेका अजिंगरलाई विगत पाँच महिनामा उद्धार गरिएको छ। बस्तीमा पसी घरपालुवा जनावर खाने, त्रासको वातारण सिर्जना गर्ने गर्न लागेपछि ती अजिङ्गरलाई उद्धार गरी पुनःनिकुञ्जको सुरक्षित स्थानमा ल्याएर छाडिएको तिवारीले जानकारी दिए। 

यस्तै स्थानीयले माछापालनका लागि बनाएका पोखरीमा गएका मगर गोहीलाई उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ। नदी आसपासमा रहेका माछा पोखरीमा गएर माछा खाएर जनतालाई दुःख दिने गरेका ती गोहीलाई उद्धार गरी पुनःनदीमा ल्याएर छाड्ने गरिएको उनले बताए।

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, पुस १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्