Kathmandu Press

वाग्मती सफाइ महाअभियान ४५०औं हप्तामा

वाग्मती सफाइ महाअभियान ४५०औं हप्तामा

काठमाडौं, पुस १० : प्रदूषित बन्दै गएको काठमाडौं  उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा सफाइ महाअभियान सुरु भएको ४५० हप्ता पूरा भएको छ। 

२०७२ जेठ ५ गतेदेखि सुरु भएको महाअभियान हरेक हप्ताको शनिबार बिहान ‘दुई घन्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ हुँदै आएको छ। चाडपर्व, जाडो, गर्मी, वर्षालगायत प्रतिकूल परिस्थितिमा पनि सफाइ महाअभियान रोकिएको छैन। पुसको जाडो होस् वा साउने झरी अभियानकर्मी बिहानै नदी किनारमा पुग्छन् । स्वयंसेवी भावनाले दुई घण्टा सफाइ गरेर फर्कन्छन्।
 
महाअभियानले ४५०औं हप्ताको विशेष कार्यक्रम बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित संयुक्त राष्टसङ्घीय उद्यान ९यूएन पार्क० मा विशेष कार्यक्रम गरेर सम्पन्न गरेको छ । कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौडेलले अरुको ऋण लिएर नभई स्वयंसेवी अभियान र स्वदेशी बजेटबाट नै सफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। 
 
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र अभियानकर्मीबीच समन्वयमा सफाइ महाअभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा अमात्य, अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेल, ललितपुर महानगरपालिका वडा नं १० का अध्यक्ष नरसिंह व्यञ्जनकारलगायतले सफाइ महाअभियानलाई नदी किनारका अन्य स्थानमा पनि बिस्तार गरिनुपर्ने बताउका थिए।
 
महाअभियानबाट प्रभावित भएर उपत्यकाका अन्य नदीमा पनि सफाइ अभियान चलिरहेको छ। कार्यक्रममा ती सबै अभियानका संयोजकको सहभागिता थियो। हाल उपत्यकामा रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते, चक्रपथको उत्तरी र पश्चिमी भेग गरी २५ स्थानमा सफाइ भइरहेको छ। 

Hardik ivf

यसैगरी उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ भइरहेको छ। हाल काठमाडौं  उपत्यका बाहिर १०८ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ।

यसैबीच मनोहरा सफाइ अभियानको २४९औं हप्तामा काठमाडौँ महानगरपालिका वडा ३२ स्थित पेप्सीकोला–सिनामंगल क्षेत्रमा सफाइ गरिएको छ। सफाइमा सुरक्षा निकायसहित अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दंगालले जानकारी दिए।

प्रकाशित मिति: १६:१५ बजे, शनिबार, पुस १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्