Kathmandu Press

सभापतिमा पराजित कोइराला वरीयताको २०औं नम्बरमा

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूको वरीयता क्रम तोकेका छन्।विधानअनुसार सभापतिलाई वरीयता तोक्ने अधिकार हुन्छ। वरीयतामा सभापित देउवा पहिलो नम्बरमा...
सभापतिमा पराजित कोइराला वरीयताको २०औं नम्बरमा

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूको वरीयता क्रम तोकेका छन्।

विधानअनुसार सभापतिलाई वरीयता तोक्ने अधिकार हुन्छ। वरीयतामा सभापित देउवा पहिलो नम्बरमा छन्। दोस्रो वरीयतामा रामचन्द्र पौडेल र तेस्रोमा कृष्ण सिटौला रहेका छन्।

त्यसपछिको वरियतामा पदाधिकारीहरू क्रमशः रहन्छन्। सभापतिमा देउवासँग पराजित भएका शेखर कोइरालाको २०औं नम्बरमा छन्। कांग्रेस विधानअनुसार सभापतिमा पराजित भएर पनि धेरै मत ल्याउने उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था छ।

विधानतः स्वतः केन्द्रीय सदस्य भएका कोइराला प्रमाणपत्र वितरण समारोहमा उपस्थित नभएको बताइएको छ।

कांग्रेसका एक पदाधिकारीका अनुसार यो वरीयता स्थायी होइन। पहिलो बैठक भएकाले यो वरियता मिलाइए पनि समिति गठन गरेर त्यसकाे सिफारिसका आधारमा वरियताक्रम तय हुने उनकाे  भनाइ छ।

प्रकाशित मिति: १४:५५ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्