मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना
जनकपुरधाम, पुस १० : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवं सौहार्दताको सन्देश दिएको बताएका छन्। इसाई धर्मका संस्थापक येसु...
जनकपुरधाम, पुस १० : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवं सौहार्दताको सन्देश दिएको बताएका छन्।
इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले क्रिसमस डेले सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन प्रेरणा दिने बताए।
येसु खिष्टले दिएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भन्ने अपेक्षा लिएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।
कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र क्रिसमस डे मनाउन पनि मुख्यमन्त्री राउतले सबैसँग आग्रह गरे।
प्रकाशित मिति: १३:५० बजे, शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











