सबैको सभापति हुँ, सबैको भावना कदर गर्छु : देउवा
काठमाडौं, पुस १० : कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैको सभापति भएको उल्लेख गर्दै सबैको भावनाको कदर गरेर अघि बढ्ने बताएका छन्।कांग्रेसको १४औं महाधिवेशनबाट...
काठमाडौं, पुस १० : कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैको सभापति भएको उल्लेख गर्दै सबैको भावनाको कदर गरेर अघि बढ्ने बताएका छन्।
कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीइ सदस्यहरुलाई प्रमाणपत्र वितरणका लागि केन्द्रीइ निर्वाचन समितिले आज (शनिबार) पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले सभापतिमा विजयी भएको प्रमाणपत्र लिँदै भने, ‘म सबैको सभापति हुँ। सबैको भावना कदर गर्छु।’
प्रधानमन्त्रीसमेत रहेका देउवाले महाधिवेशनमा निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको भन्दै केन्द्रीइ निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरे। ‘अनेकन् समस्याका बाबजुद निर्वाचन सम्पन्न गर्नुभयो,’ उनले भने, ‘कांग्रेसका लागि नयाँ आयाम थप्नुभएको छ ।’ उनले वडादेखि नै लोकतान्त्रिक तरिकाले नेतृत्व चयन गर्ने प्रणाली सायद अरु दलमा नभएको दाबी गरे।
३३ प्रतिशत महिला सहभागिता पनि अरु दलमा नभएको जिकिर उनले गरे। तल्लो तहबाटै महिलालाई नेतृत्व गर्न कांग्रेसले ठाउँ दिएको उनले बताए। सभापति देउवाले आगामी निर्वाचनमा सबै तहमा जित हात पारेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्नेमा जोड दिए।











