Kathmandu Press

नवनिर्वाचित कांग्रेस सभापति देउवासहित अन्य पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले लिए प्रमाणपत्र

काठमाडौं, पुस १० : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन्।केन्द्रीय निर्वाचन समितिका संयोजक...
नवनिर्वाचित कांग्रेस सभापति देउवासहित अन्य पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले लिए प्रमाणपत्र

काठमाडौं, पुस १० : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

प्रमाणपत्र वितरणका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज (शनिबार) एक कार्यक्रम आयोजना गरिएको थियो। निर्वाचन समितिका सदस्यहरुले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई खादा र माला लगाइदिएका थिए।

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना बिहीबार सकिएको थियो।

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्