Kathmandu Press

महिला उद्यमी महासंघकी अध्यक्षतामा निरु रायमाझी खत्री

काठमाडौं, पुस १० : महिला उद्यमी महासंघ नेपाल (फेवान) को आठौंं महाधिवेशन तथा १८औं वार्षिक साधारण सभाले निरु रायमाझी खत्रीको अध्यक्षतामा २५ सदस्यहरुसहितको कार्यकारिणी...
महिला उद्यमी महासंघकी अध्यक्षतामा निरु रायमाझी खत्री

काठमाडौं, पुस १० : महिला उद्यमी महासंघ नेपाल (फेवान) को आठौंं महाधिवेशन तथा १८औं वार्षिक साधारण सभाले निरु रायमाझी खत्रीको अध्यक्षतामा २५ सदस्यहरुसहितको कार्यकारिणी समिति चयन गरेको छ।

हालै सम्पन्न साधारण सभाले प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली, द्वितीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ, चौथो उपाध्यक्षमा वासन्ती प्रधान, महासचिवमा महालक्ष्मी श्रेष्ठ, सचिवमा सविता सुवेदी र कोषाध्यक्षमा कुन्नम पोखरेललाई चयन गरेको छ।

यसैगरी कार्यकारी सदस्यहरुमा सुमित्रा पलाञ्चोके, दीपा थपलिया, नीता प्याकुरेल, श्रद्धा जोशी, सोनी जोशी, शेमा विष्ट, प्रदेश १ बाट कृती श्रेष्ठ, प्रदेश २ बाट देवकुमारी पौडेल, वाग्मतबिाट अर्पना प्रधान भण्डारी, गण्डकीबाट पार्वती पौडेल, लुम्बिनीबाट सरस्वती शर्मा, कर्णालीबाट कविता सोडारी र सुदूरपश्चिमबाट मीना फुलारा छन्।

आमन्त्रित सदस्यमा आरती नेपाल,मल्लिका श्रेष्ठ रहेका छन् भने बाँकी दुई सदस्य भने पछि मनोनीत गरिने महासंघले बताएको छ ।

सभामा महिला उद्यमी महांसघको नयाँ कार्यकारिणी समिति चुनावी प्रक्रियाबाट बनाइएको थियो।  महांसघले पहिलोपटक नेपालको प्रादेशिक संरचना अनुरुप सातओटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति सदस्य चयन गरेको हो। 

प्रकाशित मिति: १२:४९ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्