Kathmandu Press

‘मदिरा सेवन संस्कृतिले समस्या बढ्यो’

पोखरा, पुस १० : मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन्।उपभोक्ता हित संरक्षण मञ्च...
‘मदिरा सेवन संस्कृतिले समस्या बढ्यो’

पोखरा, पुस १० : मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन्।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको आवश्यकतासम्बन्धी पोखरामा शुक्रबार आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागीले मदिराको प्रयोगलाई प्रतिष्ठाकाे विषय बनाउँदै जाँदा समस्या बढ्दै गएको धारणा राखेका हुन्।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आधुनिकताको पक्षको रुपबाट मदिरा संस्कृति बढ्दै गएको र यसले समाजलाई नकारात्मकतातर्फ डोर्‍याएको बताइन्र । उनले ८० प्रतिशत हिंसा मदिराको सेवनबाट हुने गरेका तथ्यांक बाहिर आएको जनाउँदै मदिराले मानिसलाई आफूलाई शक्तिशाली हुँ भन्ने मनोवैज्ञानिक भ्रम सिर्जना गर्ने र हिंसाका लागि प्रेरित गर्न गरेको बताइन्।

उनले डाक्टरले भनेका कुरालाई वेवास्ता गर्दै सामाजिक प्रतिष्ठा र विलासिताको पक्षबाट मदिरालाई अगाडि ल्याउने संस्कार गलत भएको र यसलाई निरुत्साहित गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताइन्। 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले मदिर बिक्री वितरणका लागि बनेका ऐनको कार्यान्वयनमा लागि प्रशासन पूण प्रतिबद्ध रहेको यसको लागि नागरिक तहबाट सचेतनको जरुरी रहेको बताए।

पश्चिामाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यपक डा. डेभिड श्रेष्ठले मदिराले स्वास्थ्यमा पार्ने असरको बारेमा प्रस्तुतीकरण राख्दै स्वास्थ्यका लागि मदिरा सेवन कुनै पनि दृष्टिकोणले उपयुक्त नरहेको बताए। 

जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले विश्वभरि ५ वर्षदेखि २९ वर्ष उमेर समूहका युवा १३ देखि १४ लाखको मृत्यु हुने गरेको तथ्यांक रहेको डेढ–दुई करोड अंगभंग हुने गरेको जानकारी दिए।

नेपालमा वार्षिक १७÷१८ सयको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको यसको कारणमा ६९ प्रतिशत मदिरा सेवन रहेको बताए। उनले ‘ड्रिंक एन् ड्राइभ’ कम गर्दा दुर्घटना न्यूनीकरण हुने बताए।

प्रकाशित मिति: १२:३४ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्