Kathmandu Press

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं, पुस १० : भोलि (आइतबार) देखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शनिबार)...
माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं, पुस १० : भोलि (आइतबार) देखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शनिबार) बस्दैछ।
 
बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेस भएको थियो।
 
बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्