Kathmandu Press

बैंकको बढेको ब्याजदर फिर्ता लिन महासंघको माग

काठमाडौं, पुस १० : बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ।महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी...
बैंकको बढेको ब्याजदर फिर्ता लिन महासंघको माग

काठमाडौं, पुस १० : बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ।

महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानी योग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका छन् । विज्ञप्तिम भनिएको छ, ‘बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ ।’

उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताए।  उद्योग व्यवसाय गर्नेहरूले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको उनको भनाइ छ ।

पछिल्लो समय बैंकले तरलता अभावका बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउनेलगायत भइरहेका गतिविधिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित मिति: ११:२१ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्