Kathmandu Press

बागलुङमा व्यवसायी चन्द्र ढकाल सम्मानित

बागलुङ, पुस १० : बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सम्मान...
बागलुङमा व्यवसायी चन्द्र ढकाल सम्मानित

बागलुङ, पुस १० : बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सम्मान गरेको छ। विद्यालयको भौतिक विकासमा सहयोग पुर्‍याउएको भन्दै ६२औं वार्षिकोत्सवको अवसर पारेर विद्यालयले ढकाललाई सम्मान गरेको हो।

ढकालले स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब ६ करोड रुपैयाँ खर्चेर विद्यालय भवन निर्माण गरेका थिए भने अन्य भौतिक संरचनाको विकासमा सहयोग पुर्‍याएका थिए।

सम्मानित भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले विद्यालयाको उन्नयनका लागि आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तो सुकै सहयोग उपलब्ध गराउने बताउँदै समयानुकल प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिन विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई आग्रह गरे।

प्रकाशित मिति: १०:३५ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्