Kathmandu Press

इन्टर मिलानको जितमा लुकाकु नायक

काठमाडौं, भदौ १६ : इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलानले लगातार दोस्रो जित दर्ता गरेको छ। 

गएराति घरेलु मैदानमा भएको ....

इन्टर मिलानको जितमा लुकाकु नायक

काठमाडौं, भदौ १६ : इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलानले लगातार दोस्रो जित दर्ता गरेको छ। 

गएराति घरेलु मैदानमा भएको खेलमा इन्टरले काग्लियारीलाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। खेलको २७ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ५० औं मिनेटमा काग्लियारीका जोवा पेड्रोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि खेलको ७२ औं मिनेटमा इन्टर मिलानले पेनाल्टी पायो। त्यसमा रोमेरो लुकाकुले चुकेनन् र इन्टर मिलानलाई २–१ को जित दिलाए।

जितसँगै इन्टर मिलानको २ खेलबाट ६ अंक भएको छ। 
 

प्रकाशित मिति: ०८:०६ बजे, सोमबार, भदौ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्