Kathmandu Press

गृहमन्त्री खाणले भेटे मृतक एसएसपी यादवको परिवार 

काठमाडौं, पुस ९ : गृहमन्त्री बालकृष्ण खाणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील...
गृहमन्त्री खाणले भेटे मृतक एसएसपी यादवको परिवार 

काठमाडौं, पुस ९ : गृहमन्त्री बालकृष्ण खाणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवका परिवारसँग भेटघाट गरेका छन् ।

शुक्रबार साझ  घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरि घटनाबारे जानकारी लिएका हुन् । एसएसपी यादवको शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएको थियो  ।

गृहमन्त्री खाणले  उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता बसन्त कुवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रकाशित मिति: २१:१७ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्