बिजुलीको माग बढ्दा काठमाडौंमा बत्ती गएको हो : घिसिङ
काठमाडौं, पुस ९ : नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीको माग बढेकाले काठमाण्डौमा बत्ती गइरहेको बताएका छन् ।उनले माग...
काठमाडौं, पुस ९ : नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीको माग बढेकाले काठमाण्डौमा बत्ती गइरहेको बताएका छन् ।
उनले माग धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बत्ती गइरहेको बताए । उनले काठमाण्डौ उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए ।
शुक्रवार काठमाण्डौमा भएको कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले देशभर हाम्रो माग गएको वर्षको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ ।
इन्डक्शनदेखि लिएर अहिले सबै उपकरणहरू प्रयोग भयो कि जस्तो देखिन्छ । प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फन्ड आइरहेको र त्यो फण्ड काठमाण्डौ र पोखराका प्रमुख क्षेत्रमा अन्डरग्राउन्ड केबलिङमा खर्च हुने बताए ।
प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











