वागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थपिए ३ मन्त्री र ३ राज्यमन्त्री
काठमाडौं, पुस ९ : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त...
काठमाडौं, पुस ९ : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।
कांग्रेसबाट मिलनबाबु श्रेष्ठ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, दिपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका हुन् ।
यस्तै सन्तबहादुर प्रजा भौतिक पूर्वाधार विकास राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री र रजनी अमात्य जोन्छे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका हुन् ।
प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











