राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई
काठमाडौं, पुस ९ : नेकपा माओवादी केन्द्रले आइतबारदेखि शुरु हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ। शुक्रबार बसेको स्थायी कमिटी...
काठमाडौं, पुस ९ : नेकपा माओवादी केन्द्रले आइतबारदेखि शुरु हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनय गर्ने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
१० प्रतिशत मनोनय गर्दा १ सय ४८ जना प्रतिनिध छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने छ।
यसअघि पाँच प्रतिशत मात्रै मनाेनय गरिने बताइएकाेमा शुक्रबारकाे स्थायी कमिटी बैठकले साे संख्या बढाएकाे हाे।
प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











