Kathmandu Press

केन्द्रीय कमिटी बैठकअघि बालुवाटारमा कांग्रेस नेताहरुको छलफल

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगत्तै भोलि (शनिबार) केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै छ । केन्द्रीय कमिटीको बैठक बस्नुअघि शीर्ष...
केन्द्रीय कमिटी बैठकअघि बालुवाटारमा कांग्रेस नेताहरुको छलफल

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगत्तै भोलि (शनिबार) केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै छ । केन्द्रीय कमिटीको बैठक बस्नुअघि शीर्ष तहका नेताहरु छलफलमा जुटेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ कांग्रेसको नवनिर्वाचित पदाधिकारी र शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। छलफलमा सभापति देउवा सहित उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा पनि उपस्थित छन्। उनीहरु दुबैजना शेखर कोइराला प्यानलबाट पदाधिकारी चुनिएका हुन्। 

बैठकले भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि एजेण्डा तय गर्ने बताइएको छ। केन्द्रीय कमिटीमा मनोनयनका लागि पदाधिकारी सहित शीर्ष नेताको बैठक बसेको बुझिएको छ। 

कांग्रेस केन्द्रीय कमिटीमा ३३ जना मनोनयन गर्ने व्यवस्था छ। 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्