Kathmandu Press

आज २९ करोड ७३ लाखको शेयर किनबेच, विक्रेता हावी 

काठमाडौं, भदौ १५ : साताको पहिलो दिन आईतबार नेप्से परिसूचक ११ दशमलव ६३ ले घटेर ११८४ दशमलव ७८ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकम....

आज २९ करोड ७३ लाखको शेयर किनबेच, विक्रेता हावी 
काठमाडाै‌ प्रेस इलस्ट्रेसन्

काठमाडौं, भदौ १५ : साताको पहिलो दिन आईतबार नेप्से परिसूचक ११ दशमलव ६३ ले घटेर ११८४ दशमलव ७८ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकमा ० दशमलव ९७ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११९६ दशमलव ४२  को विन्दुमा खुलेको थियो भने ११९८ दशमलव ५८ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११८३ दशमलव ९० थियो। आज २९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था: 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको छ। नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १ करोड ९७ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज सबैको लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले कमाए भने साञ्जेन जलविद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ६ दशमलव ४० प्रतिशतले गुमाए। 

प्राविधिक बिश्लेषण :

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले वियरिस मारुबोजु आकृति बनाएको छ, यसले अर्को कारोबार दिन पनि बजार केहि सच्चिन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा विक्रेता हावी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। २ दिनदेखि बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

आजको कारोबारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले आज पनि बजारमा विक्रेता हावी रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २० दशमलब १४ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप केहि मात्रामा रहेको संकेत गरेको छ। 

निश्कर्ष :

माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। समग्रमा हेर्दा यदि बजार १२०२ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुने संकेत गर्दछ । अर्को तत्कालिन सामान्य प्रतिरोध १२१२ मा रहेको देखिन्छ। त्यस्तै, बजारको तत्कालिन टेवा ११७५ देखि ११८० मा रहेको देखिन्छ।  

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, भदौ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्