Kathmandu Press

काठमाडौं उपत्यकामा थप १५१ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस ९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १०६, ललितपुरमा ३५ र भक्तपुरमा...
काठमाडौं उपत्यकामा थप १५१ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस ९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १०६, ललितपुरमा ३५ र भक्तपुरमा १० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी काठमाडौं उपत्यकामा १ हजार ९०२ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ७९५, ललितपुरमा ६०६ र भक्तपुरमा ५०१ जना रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्