Kathmandu Press

मोहनविक्रमलाई प्रचण्डको आग्रह- अभिभावक बनेर आउनुस्, एकैठाउँमा बसेर काम गरौं

तर यथास्थितिमा बसेर कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने पनि प्रचण्डले बताए। मार्क्सवादलाई गति परिवर्तको रुपमा, विज्ञानको रुपमा लिने या धर्मशास्त्र सरह जड बस्तुको रुपमा लिने भन्ने ठूलो सवाल रहेको उनले बताए।
मोहनविक्रमलाई प्रचण्डको आग्रह- अभिभावक बनेर आउनुस्, एकैठाउँमा बसेर काम गरौं

काठमाडौं, पुस ९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंहलाई एकतामा आउन आग्रह गरेका छन्। 

शुक्रबार मसालबाट विद्रोह गरेर आएका समूहसँग पार्टी एकिकरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सच्चा कम्युनिस्टहरुको एकता आवश्यक रहेको बताउँदै आफूले त्यसबारेमा मोहनविक्रमसँग कुरा गरेको पनि बताए। 

आफ्नो प्रस्तावमा मोहनविक्रम पनि सकारात्मक देखिएको उनले बताए । ‘हिँजो पनि तपाईँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, आज पनि अभिभावककै भूमिका खेल्नुस र एकैठाउँमा बसेर जनताका लागि काम गरौं भनेर प्रस्ताव गरेको छु,’ प्रचण्डले भने,‘यस विषयमा उहाँ सकारात्मक भएको जवाफ दिनुभएको छ।’ 

तर यथास्थितिमा बसेर कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने पनि प्रचण्डले बताए। मार्क्सवादलाई गति परिवर्तको रुपमा, विज्ञानको रुपमा लिने या धर्मशास्त्र सरह जड बस्तुको रुपमा लिने भन्ने ठूलो सवाल रहेको उनले बताए। उनले भने, ‘पुराना पिडिँका नेताहरुले माक्सवादलाई परिवर्तनको प्रवाहका रुपमा बुझ्नुको सट्टा जड बस्तुको रुपमा बुझ्दा धेरै ठूलो समस्या भएको छ।’

जो व्यक्ति जहाँबाट ब्यूँझन्छ त्यहीँबाट उठेर हिँड्ने उनको धारणा छ। ‘नब्युँझेसम्म त मानिसहरु सुतिनै राख्छन्, म अल्लि पहिल्यै ब्यूँझेछ बाटो लागेँ,' प्रचण्डले भने, 'क्रमशः ब्युँझिने क्रम शुरु भयो । मोहन जी र सबै साथीहरु ब्युँझिनुहुनेछ। र हामी एउटै मोर्चामा एउटै केन्द्रमा हुनेछौं। 

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्