माछापुच्छ्रे बैकद्वारा श्वेता श्री फाउण्डेशनलाई सात लाख सहयोग
काठमाडौं, भदौ १५ : माछापुच्छ्रे बैंकले श्वेता श्री फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्मा गरिरहेको एकिकृत नमुना माझी बस्तीलाई सात लाख रुपैया आर्थिक स....
काठमाडौं, भदौ १५ : माछापुच्छ्रे बैंकले श्वेता श्री फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्मा गरिरहेको एकिकृत नमुना माझी बस्तीलाई सात लाख रुपैया आर्थिक सहयोग गरेको छ।
बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेता श्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
श्वेता श्री फाउण्डेशनले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ।
‘५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुना बस्तिको निर्माण गरिरहेको स्वेता श्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले ७ लाख आर्थिक सहयोग गरेको हा’ बैकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त फाउण्डेशनले अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकेपनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्य चौकी, रिटेनिङ्ग वाल लगायत अन्य पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई भएको जनाएपछि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो।
माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।










-1754206481.jpg)
