एमालेको धाकमात्रै हो, परिणाम आउँदो निर्वाचनमा देखिनेछ : प्रचण्ड
काठमाडौं, पुस ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनमा एमालेको स्थान प्रष्ट हुने बताएका छन् । माओवादी केन्द्र र नेकपा मसाल...
काठमाडौं, पुस ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनमा एमालेको स्थान प्रष्ट हुने बताएका छन् ।
माओवादी केन्द्र र नेकपा मसाल (एकता केन्द्र) को एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने भनेर एमालेले धाक मात्रै लगाएको दाबी गरेका हुन्।
‘अहिले धाक धम्की देखाएर हिँडेका छन्, त्यो धम्कीमात्रै हो,’ प्रचण्डले भने, ‘आउने निर्वाचनमा देखिने छ कसको हालत के हुँदैछ । त्यो नेपाली जनताले देखाउनेछन्।’
त्यसकारण सबै कार्यकर्ताहरुलाई जनताको घरदैलोमा जान र पार्टीको संगठन विस्तार गर्न पनि प्रचण्डले आह्वान गरेका छन् । हिजो युद्ध र आन्दोलनमा साथ दिएका आम जनताहरुको घरदैलोमा जान र विगतमा भएका कमीकमजोरीहरुबारे आत्मआलोचना गर्दै सोही गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्न उनले निर्देशन दिएका छन्।
त्यसो गरेको अवस्थामा माओवादी केन्द्रलाई जनताले पुनः एकपटक जनताले भरोसा गर्ने ठोकुवा गरे। जनतामा भरोसा दिलाउन सके पुनः माओवादी केन्द्रले जित्ने र नेपाललाई फेरि समाजवादको बाटोमा डोहो¥याउने प्रतिवद्धता व्यक्त गरे।
उनले पार्टी एकिकरण भएपछि पनि पाँच दलीय गठबन्धनमा कुनै नकारात्मक असर नगर्ने विश्वास व्यक्त गरे । एकीकरणपश्चात पार्टीमा आएका नेता कार्यकर्ताहरुलाई पनि गठबन्धनबारे नकारात्मक धारणा नबनाउ र गठबन्धनका नेताहरुका बारेमा नकारात्मक टिकाटिप्पणी नगर्न निर्देशन दिएका छन् ।











