Kathmandu Press

सरकारले औद्योगिक तथा लगानी प्रवर्धन कोष स्थापना गर्ने

काठमाडाैं, पुस ९ : सरकारले औद्योगिक तथा लगानी प्रवर्धन कोष स्थापना गर्ने भएको छ।आज (शुक्रबार) मन्त्रिपरिषद निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री...
सरकारले औद्योगिक तथा लगानी प्रवर्धन कोष स्थापना गर्ने

काठमाडाैं, पुस ९ : सरकारले औद्योगिक तथा लगानी प्रवर्धन कोष स्थापना गर्ने भएको छ।

आज (शुक्रबार) मन्त्रिपरिषद निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्धन कोष स्थापना गर्ने बताएका हुन्।

त्यसैगरी विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णय सरकारले गरेको उनले बताए।

उनले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिए। उनले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको पनि बताए।

त्यसैगरी हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने, वैदेशिक द्रुत डाक सेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्याय गरिएको पनि प्रवक्ता कार्कीले बताए। 

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्