माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डको प्रतिवेदन पेश
काठमाडौं, पुस ९ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले तयार गरेका राजनीतिक प्रतिवेदन पेश भएको छ । शुक्रबार बिहान बसेको स्थायी...
काठमाडौं, पुस ९ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले तयार गरेका राजनीतिक प्रतिवेदन पेश भएको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकमा प्रचण्डको दस्तावेज पेश भएको हो।
बैठकमा प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्नका लागि तयार गरेको प्रतिवेदन वाचन गरेर सुनाएका थिए। प्रचण्डले प्रतिवेदन पेश गरेपछि बैठक केहीबेरका लागि स्थगित भएको छ । बैठक दिउँसो तीन बजेपछि पुनः बस्ने बताएका छन् ।
नेकपा मसालबाट विद्रोह गरेको समूह र प्रभात चलाउनेको समूहले माओवादी केन्द्रसँग एकिकरण गर्न लागेको र सो कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागि हुनका लागि केहीबेरका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।
बैठकमा स्थायी कमिटी सदस्यहरुले सो प्रतिवेदनबारे सुझाव पेश गरेपछि अन्तिम रुप दिइनेछ।
माओवादी केन्द्रले पुसको ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन बोलाएको छ । सम्मेलनले पार्टीलाई क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी बनाउने दाबी गरेको छ ।











