Kathmandu Press

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायाे ५०० रूपैयाँको नयाँ नोट

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायाे ५०० रूपैयाँको नयाँ नोट

काठमाडौं, पुस ९ : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) देखि ५०० रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। 

बैंकले साबिककै आकार तथा रङमा उक्त नोट बजारमा ल्याएको हो। ती नोट संकेत नं. छ/६८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।

नोटमा  ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० (रुपैयाँ पाँच सय) तुरुन्त पाइनेछ’ उल्लेख छ।

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको राष्ट्रबैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिअनुसार नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।

नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा ‘वि.सं. २०७७’ लेखिएको छ। ३.५ मि.मी. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको जनाइएको छ।

सगरमाथा हिमालको दायाँतर्फ अन्डाकारभित्र रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको पनि नोटमा रहेको छ।

लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर नोटको दर पहिचान गर्न दुई काला थोप्ला राखिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको पछाडि मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा 'NEPAL RASTRA BANK' लेखिएको छ। नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको छ। नोटको तल्लो भागमा अंग्रेजीमा लेखिएको छ। नोटको तल्लो भागको बोर्डरमा 'RUPEES FIVE HUNDRED'  लेखिएको छ।

राष्ट्र बैंकका अनुसार यसअघि २०७५ वैशाख १२ गतेदेखि Series २०७३ रुपैयाँ ५०० दरको बैंकनोट संकेत नं. ङ/४६ ०००००१ देखि छर४० ९९९९९९ सम्म प्रचलनमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. ङ/४६ ०००००१ देखि छर३७ ९९९९९९ सम्म मात्र प्रचलनमा ल्याइएको पनि जनाइएको छ।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्